२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नुवाकोटको त्रिशुली अस्पताल लगातार दोस्रो वर्ष पनि सर्वोत्कृष्ट, साझा प्रयासको नमुना

१५ पुस, नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल देशभरका अस्पताल मध्येमा सर्वोत्कृष्ट बन्न सफल भएको छ । अस्पताल लगातार दोस्रो पटक सर्वोत्कृष्ट भएको हो । यसअघि अघिल्लो वर्ष पनि अस्पताल सर्वोत्कृष्ट घोषित भएको थियो ।

त्रिशुली अस्पतालका लागि निक साइमन्सबाट प्राप्त युनिभर्सल एनेस्थेसिया मेसिन वीथ भेन्टिलेटर बुझदै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ।

अघिल्लो वर्ष ८८ अंक ल्याएर नेपालभरी उत्कृष्ट बनेको नुवाकोटको त्रिशुली अस्पतालले यो वर्ष त्यसमा पनि सुधार गर्दै ९४ अंक प्राप्त गरेको छ । त्रिशुली अस्पतालमा बुधबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा सर्वोत्कृष्ट घोषणा भएको हो ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तत्कालीन स्वास्थराज्यमन्त्री पद्माकुमारी अर्यालले शिलान्यस गरेको अस्पतालको नयाँ भवन ।

त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक प्राप्त गरेको मेडिकल सुपरिटेण्डेण्ड डा दीपेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेले जिल्ला अस्पतालले नै दर्जनौंको संख्यामा आइसियु सञ्चालन गर्नु अन्य अस्पतालका लागि समेत प्रेरणाको विषय रहेको बताए ।

सबैको साझा प्रयासमा अस्पतालले उत्कृष्टता प्राप्त गरेको र देशमै नमुना भएको भन्दै डा पाण्डेले विगतमा जस्तै भोलिको दिनमा पनि सहयोगको अपेक्षा गरे ।

यो पनि पढ्नुहोस्

नुवाकोटको त्रिशुली अस्पताल देशभरमै उत्कृष्ट, साझा प्रयासले नमुना बन्यो अस्पताल

अब नुवाकोटमै निःशुल्क डायलिसिस, एमालेले चुनावी प्रतिवद्धता पूरा गर्यो

-जनशक्ति र उपकरणको अभाव अन्त्य गर्दै त्रिशुली अस्पताललाई नमूना बनाउछाैँः मन्त्री पाण्डे

-नुवाकोटको त्रिशुली अस्पतालका लागि पाँच भेन्टिलेटर प्राप्त, भेन्टिलेटरको संख्या ११ पुग्यो

-व्यवसायी कडेँल र ढकालले त्रिशुली अस्पताललाई १२ सय सिलिण्डर अक्सिजन निःशुल्क दिने

अब त्रिशुली अस्पतालको आफ्नै एम्बुलेन्स, बिरामीले पाउने भए राहत

-कांग्रेसले १५ बेडमा रोकेको त्रिशुली अस्पताल वर्तमान सरकारले १०० बेडको बनायोः सांसद तामाङ

त्रिशुली अस्पतालमा सर्जरी विशेषज्ञ सेवा सुरू, एपेनडिसाइटिसको शल्यक्रिया नुवाकोटमै हुने

त्रिशुली अस्पताल आइपुग्यो स्वास्थ्य मन्त्रालयले दिएको भेन्टिलेटर, सांसद पाण्डले गरे हस्तान्तरण

त्रिशुली अस्पताललाई युनिभर्सल एनेस्थेसिया मेसिन वीथ भेन्टिलेटर, अक्सिजनबिनै शल्यक्रिया गर्न सकिने

नुवाकोटको त्रिशुलीसहित पाँच अस्पतालका लागि सुविधा सम्पन्न एम्बुलेन्स दिँदै बाग्मती सरकार

-व्यवसायी शुक्रमान श्रेष्ठले बीस लाख खर्च गरेर दिए त्रिशूली अस्पताललाई भेन्टिलेटर

-जिल्ला अस्पताल नुवाकोटका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो एक थान भेन्टिलेटर

अस्पतालका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेका अनुसार भौतिक संरचनादेखि विशेषज्ञ सेवासम्म नेपालका अन्य सबै अस्पताललाई त्रिशुली अस्पतालले उछिन्न सफल भएको छ । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, नेकपा एमालेका नेताहरू केशवराज पाण्डे र बद्री मैनाली लगायतको सहयोग र पहलमा अस्पतालले भौतिक पूर्वाधार र जनशक्तिमा व्यापक सुधार भएको छ ।

स्वास्थ्य मन्त्रालयले त्रिशुली अस्पतालका दिएको दोस्रो भेन्टिलेटर तत्कालीन मेसु डा रेमकुमार राईलाई हस्तान्तरण गर्दै नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री केशवराज पाण्डे ।

अस्पताल निरन्तर उत्कृष्ट बनाउनका लागि अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ड डा रेमकुमार राईले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अस्पतालले हाल नयाँ भवनमा सेवा सुचारू गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरूवाती वर्षमा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले शिलान्यास गरेको भवन निर्माण सम्पन्न भएर गतवर्षदेखि नै प्रयोगमा रहेको छ । यद्यपी केही सता अघिमात्र भवनको स्वास्थ्यमन्त्री बिरोध खतिवडाले उद्घाटन गरेका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्याैपाने र मेडिकल सुपरिटेण्डेण्ड पाण्डेको कुशल समन्वयले पनि अस्पतालको स्तर सुर्धान थप मद्दत पुगेको छ । कहि साना विवादलाइ बिर्सने हो भने त्रिशुली अस्पतालमा अब सरकारी अस्पतालहरूमा सधैँका लागि नमनुन बन्ने बाटोमा पुगेको छ ।

नुवाकोट, धादिङ र रसुवाका अधिकांश नागरिकले उपचार सेवा लिने त्रिशुली अस्पतालले पछिल्लो समयमा दिएको सेवा र भाैतिक रूपमा गरेको स्तरोन्तिले सेवाग्राही पनि खुशी भएका छन । त्रिशुली अस्पतालमा सुधार देखिएपछि विभिन्न राजनीतिक दलका नेताहरू नुवाकोट पुगेको समयमा अस्पतालमा फोटो खिचाउन समेत पुग्ने गरेका छन ।

त्रिशुली अस्पतालको नयाँ बनेको अत्याधुनिक भवनको शिलान्यास गर्दै तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ११:५९