१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

अब त्रिशुली अस्पतालको आफ्नै एम्बुलेन्स, बिरामीले पाउने भए राहत

९ माघ, नुवाकोट । जिल्ला त्रिशुली अस्पताल नुवाकोटले अब आफ्नै एम्बुलेन्स पनि भएको छ। मेरी स्टोप्सले नुवाकोटबाट विदा हुने क्रममा उसले प्रयोग गर्दै आएको एम्बुलेन्स जिल्ला अस्पताललाइ हस्तान्तरण गरेको अस्पतालका मेडिकल सुपरिटेण्ड डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।

उनले आइसीयु सेवा समेत अस्पतालमा दिन सुरू गर्दासमेत एम्बुलेन्सको अभाव रहेको समयमा उपहार स्वरूप प्राप्त भएको भन्दै खुशी प्रकट गरेका छन । पाण्डेले एम्बुलेन्स उपलब्धताका लागि मेरी स्टोप्स र मध्यस्तताको भूमिकाका लागि नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाठ ढकाललाइ धन्यवाद दिएका छन । पाण्डेले एम्बुलेन्सलाइ  कम्तीमा ञखझ वर्गको रुपमा संचालन गर्ने प्रयास गर्ने जाकारी दिँदै सबैको सहयोग पाइने अपेक्षा गरेका छन ।

प्रकाशित मिति : January 22, 2021 at 6:33 pm