२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

अब नुवाकोटमै निःशुल्क डायलिसिस, एमालेले चुनावी प्रतिवद्धता पूरा गर्यो

१ असार, हेटौँडा। बागमती प्रदेशमा सरकारले त्रिशुली अस्पतालमा निःशुल्क डायलिसिस उपचार सेवा शुभारम्भ गर्ने भएको छ । बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले मंगबालर प्रदेशसभामा बजेट प्रस्तुत गर्दै नुवाकोटको त्रिशुली अस्पतालमा निःशुल्क डायलिसिस सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।

नुवाकोटमा रहेका मिर्गौला पीडितका लागि सरकारको यस घोषणाले महत्वपूर्ण सहयोग पुग्नेछ । गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले जनताको बीचमा मत माग्न जाँदा नुवाकोटमै मिर्गौलाको डायलिसिसको उपचार सुरू गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । अहिले एमालेले चुनावी प्रतिवद्धता अनुसार स्वस्थ्य सेवामा आमुल परिवर्तन गरिदिएको छ । त्रिशुली अस्पतालमा नुवाकोट, धादिङ र रसुवाका नागरिकले उपचार गराउने गरेका छन ।

के हो डायलिसिस ? 

जब दुवै मिर्गौला (किडनी) ले काम गरिरहेका छैनन्, त्यस अवस्थामा कृत्रिम तरिकाले किडनीको काम गर्ने विधिलाई डायलिसिस भनिन्छ। डायलिसिस एक प्रक्रिया हो जुन कृत्रिम रूपमा फोहोर उत्पादन र शरीरमा संकलन गरिएको बढी पानी मिल्छ जुन किडनी विफलताको कारण हो। डायलिसिस पूर्ण किडनी असफलता वा अन्तिम चरणको किडनी रोग वा तीव्र मिर्गौलामा चोट लागेका बिरामीका लागि जीवन रक्षा गर्ने प्राविधिक उपचार हो। जब मिर्गाैलाको दक्षता ८० देखि ९० प्रतिशतले घट्छ, यो अवस्था अन्तिम चरणको मिर्गौला रोग हो। डायलिसिस किडनीको कार्यका लागि एक प्रभावी विकल्प हो।

प्रकाशित मिति : June 15, 2021 at 5:31 pm