२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

व्यवसायी कडेँल र ढकालले त्रिशुली अस्पताललाई १२ सय सिलिण्डर अक्सिजन निःशुल्क दिने

९ जेठ काठमाडाैँ । महत्वपूर्ण व्यवसायिक व्यक्तित्वको सम्मान प्राप्त गर्नुभएका राष्ट्रिय उद्योग व्यवसायी महासंघ नुवाकोटका अध्यक्ष गोपिप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले त्रिशुली अस्पतालका लागि १२ सय लिलिण्डर अक्सिजन निशुल्क दिनुहुने भएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे, नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीसहितसँगको छलफलपछि शनिबार व्यसायीद्धय कडेँल र ढकालले त्रिशुली अस्पतालका लागि निःशुल्क १२ सय लिलण्डर अक्सिजन दिने घोषणा गर्नुभएको हो । मन्त्री पाण्डेले व्यवसायीको पनि सामाजिक उत्तरदायित्व हुने भन्दै कडेँललाइ सहयोगका लागि प्रोत्साहित गर्नुभएको थियो ।

कडेँल र ढकाल दुबैजना नुवाकोटको स्थायी बासिन्दा हुनुहुन्छ । उहाँहरूले नुवाकोटका कुनै पनि नागरिकले अक्सिजन नपाएर ज्यान गएको भन्ने सुन्न नपरोस भन्ने हेतुले दैनिक २० सिलिण्डर अक्सिजनका दरले बढीमा दुइ महिनासम्म गरी जम्मा १२ सय सिलिण्डर अक्सिजन निःशुल्क दिने निर्णयमा पुगेको जानकारी दिनुभयो । उहाँले आज आइतबारदेखि नै सहयोगको घोषणा कार्यान्वयन हुने जानकारी दिँदै त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेसु डा दिपेन्द्र पाण्डेलाइ जानकारी गराइएको बताउनुभयो ।

उहाँहरू दुबै जना नुवाकोटको ककनीमा रहेको हाम्रो अक्सिजन उद्योगको सञ्चालक समेत हुनुहुन्छ । कडेँल सो उद्योगको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उहाँले नुवाकोटमा उद्योग हुनुका नाताले आफू र ढकालले दैनिक १०/१० सिलिण्डर अक्सिजन नुवाकोटको नागरिकको उपचारमा सहयोग गर्ने निर्णय लिएको बताउनुभयो ।

राष्ट्रिय उद्योग व्यवसायी महासंघ नुवाकोटका अध्यक्ष गोपिप्रसाद कडेँल र व्यवसायी दिनेश ढकाल ।

सो उद्योगका सञ्चालक समेत रहनुभएका राष्ट्रिय उद्योग व्यवसायी महासंघ नुवाकोटका सचिव दीपक राज पाण्डे, नेकपा एमालेका युवा नेता श्याम तिमल्सिना लगायतले पनि अक्सिजनको अभाव भएर नुवाकोटका नागरिकलाइ ज्यान गुमान नदिन हरप्रयास गर्न आफूहरू तयार रहेको बताउनुभो ।

मन्त्री पाण्डेले उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गर्न सकार सदैव तयार रहको प्रतिवद्धता जनाउनुभएको थियो । शनिबार अक्सिजन उद्योगको निरीक्षणमा नेकपा एमालेका नेताहरू बलराम आचार्य, रमेश वस्ती, भुवन खतिवडा, विष्णु खनाल, रामचन्द्र अधिकारी लगायत पनि पुग्नुभएको थियो ।

प्रकाशित मिति : May 23, 2021 at 8:44 am