२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

त्रिशुली अस्पताललाई युनिभर्सल एनेस्थेसिया मेसिन वीथ भेन्टिलेटर, अक्सिजनबिनै शल्यक्रिया गर्न सकिने

२ असार, काठमाडौँ । नुवाकोटको त्रिशुली जिल्ला अस्पतालले युनिभर्सल एनेस्थेसिया मेसिन वीथ भेन्टिलेटर एक थान पाउने भएको छ । निक साईमन्स फाउण्डेसनले मंगलबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको १४ थान युनिभर्सल एनेस्थेसिया मेसिन वीथ भेन्टिलेटर मध्ये एक थान त्रिशुली अस्पताल नुवाकोटलाई पनि उपलब्ध गराउन लागिएको हो ।

नुवाकोट, रसुवा र धादिङका समेत केही भेगका नागरिकले स्वास्थ्य सेवा लिने गरेको त्रिशुली अस्पताल पछिल्लो पटक तीव्र सुधारको बाटोमा रहेको अवस्थामा मन्त्रलायले मंगलबार प्राप्त गरेको युनिभर्सल एनेस्थेसिया मेसिन वीथ भेन्टिलेटर नुवाकोटमा पनि पठाउन लागिएको हो । मेसिनको सहायतामाले अक्सिजनिबनै शल्यक्रिया गर्न सकिने बताइएको छ । उक्त मेसिनको मूल्य एउटाको २१ लाख ८६ हजार नेपाली रूपैयाँ रहेको छ ।

नुवाकोट अस्पतालसँगै संखुवासभा अस्पतालमा, गाइघाट अस्पताल उदपयुर, दमक अस्पताल झपा, लाहान अस्पताल, कलैया अस्पताल,  दोलखा जिल्ला अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, दमौली अस्पताल, स्याङ्जा जिल्ला अस्पताल, गुल्मी अस्पताल, पृथ्वी चन्द्र अस्पताल र कालीकोट अस्पतालले पनि उक्त मेसिन पाउँदैछन ।

मेसिन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपद्को समयमा निक साईमन्स फाउण्डेसनले पुर्याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता सहयोग निरन्तर प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो । फाउण्डेसने यसअघि पनि १० थान भेन्टिलेटर उपलब्ध गराइको थियो । सामग्री हस्तान्तरण गर्दै  निक साईमन्स इन्स्टिच्यूटका निमित्त निर्देशक विकासि श्रेष्ठ अस्पतालहरूको सेवा थप प्रभावकारी बनाउन मेसिनले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।सोही अवसरमा इन्स्टिच्यूटका वरिष्ठ कार्यक्रम व्यवस्थापक डा काशिम शाहले प्रदेश ५ मा पिसाआर मेसिन र प्रदेश १ का लागि अक्सिजन कनेक्टर निकट भविष्यमै उपलब्ध गराउने तयारी रहेको जानकारी दिनुभयो ।

नुवाकोट सरोकार समाजले त्रिशुली अस्पतालका लागि पनि मेसिन उपलब्ध गराउने निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जिल्लाका नागरिकलाइ एकैपटक खुशी दिएको बताएको छ । समाजका महासचिव अनुजकुमार श्रेष्ठले नुवाकोट, धादिङ र रसुवाका अधिकांश नागरिकले उपचार सेवा लिने त्रिशुली अस्पतालको स्तरोन्तीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालेको पछिल्लो कदम गरिब जनताको हितमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले समाजले विगतदेखि उठाउँदै आएको माग निक साइमन्स मार्फत पूरा गरिदिएको भन्दै धन्यवाद समेत दिनुभएको छ ।

प्रकाशित मिति : June 16, 2020 at 8:28 pm