१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शरद भेषावकरले एकदिवसीय क्रिकेटको भोलिको खेल नखेल्ने

१७ साउन, काठमाडौँ । नेपालका अलराउण्डर शरद भेषावकरले भोलीको खेल खेल्न नसक्ने भएका छन् । नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय क्रिकेट सिरिज खेलिरहेको नेपाललाई योसँगै अर्को चुनौती थपिएको छ । बुधबार भएको खेलमा फिल्डीङ गर्दा भेषवाकरको औलामा चोट लागेको थियो ।

जसका कारण बुधबारको खेलमा पनि नेपाल दबाबमा रहेकोे थियो । पहिलो एकदिवसीयमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको थियो ।

फिल्डिङ गर्दा औंलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु नेपालका लागि दूर्भाग्य बनेको थियो । भोलि शुक्रबार दोस्रो एकदिवसीय हुँदै छ ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार ०८:४४