१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लालबाबु पण्डितविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी, कानुनविपरित काम गरेको आरोप

१६ साउन, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्धमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । खानेपानी मन्त्रालयको खानेपानी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका सह सचिव राजनराज पाण्डेले लालबाबु पण्डितले अन्याय गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन ।

०७४/१०/२२ गते र ०७५/०२/१७ गते गरेको निर्यणले कानुन विपरीत खटाइएको भन्दै कानूनी व्यवस्थापनका आधारमा रद्द गरी पाउँ भनी उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन । मंगलवारमात्र सह सचिव पाण्डेले आफूमाथि लालबाबु पण्डितबाट भएको ज्यादतीका विषयमा काममा खटाइएको विषय बदर गरी पाउन भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीमार्फ निवेदन दिएका हुन् ।

यस्तै निजामती सेवा नियमावली ३६ (१२) अनुसार कार्यालय प्रमुखलाई काजमा खटाउन मिल्दैन तर लालबाबु पण्डितले दिपायल क्षेत्रीय खानेपानी कार्यालयका निर्देशकलाई प्रदेश नम्बर सातको भौतिक योजना मन्त्रालयको सचिव बनाएर खटाएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार २२:१७