२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

१६ साउन, काठमाडौँ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यानहरु चल्न नसक्दा नेपालले डेब्यू ओडिआईमा विजयी सुरुवातको मानक जोड्न चुकेको छ ।

नेदरल्याण्डसले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमै सीमित हुन पुग्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार २१:५९