२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमसिसीबारे देउवाले आफ्नो धारणा राख्नुभयो, बोल्ने स्वतन्त्रता छ : अध्यक्ष प्रचण्ड

११ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरुलाई पढ्न सुझाव दिएका थिए ।

देउवापछि बोलेका प्रचण्डले भने एमसिसीबारे देउवाको व्यक्तिगत विचार भएको गठबन्धनको नभएको संकेत गरेर कार्यकर्तालाई सम्झाउन खोजे ।

देउवाले आज अत्यन्तै राम्रो बेलेको भन्दै तारिफ गरेका प्रचण्डले एमसिसीका विषयमा भने देउवाको निजी विचार भनेका हुन् । ‘एमसिसीबारे त प्रमले आफ्नो धारणा राख्नुभयो । बोल्ने स्वतन्त्रता छ । तर उहाँले कहाँ राष्ट्रघात छ, देखाउनुस् म पनि राष्ट्रभक्त हो भनेर स्टेटमेन्ट दिइसक्नुभयो । हामी साझा धारणा बनाएर अघि बढ्छौं’ प्रचण्डले भने ।

प्रकाशित मिति : December 26, 2021 at 7:56 pm