१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानन्यायाधीश नियुक्ति प्रकरणः संसदीय सुनुवाई समितिका सदस्यलाई निजी सुरक्षा अधिकारी

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले निजी सुरक्षा अधिकारी (पीएसओ) खटाएको छ ।

समितिका सदस्यहरुलाई धम्की आएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पीएसओ खटाइएको हो । समितिका १५ सदस्य मध्ये ७ जनाले हाल पीएसओको सुविधा पाएका छन ।

बाँकी सदस्यहरु मध्ये केहीले पहिल्यैदेखि पीएसओको सुरक्षा पाउँदै आएका थिए । जिल्ला सुरक्षा समन्वय समितिको सिफारिसमा सांसदहरुलाई पिएसओको सुविधान दिइएका हो ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १६:२२