१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कम्बोडिया पठाउने नाममा १९  जनाबाट ८८ लाख ठग्ने  युवक पक्राउ

१६ साउन, काठमाडौं । कम्बोडिया पठाउने नाममा १९  जनाबाट ८८ लाख ठग्ने  युवक पक्राउ परेकाे छ । जागिर लगाइदिने भनी १९ जनालाई कम्बोडियामा अलपत्र पारेको  आरोपमा प्रहरीले  २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको छ ।

कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा पठाइदिने भन्दै प्रतिव्यक्ति साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का  बस्नेतलार्इ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै उनले विभिन्न व्यक्तिसँग ८८ लाख ३८ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

काठमाडौंबाट बैंकक हुदै कम्बोडियासम्म पुर्‍याई अलपत्र पारी ठगी गरेको भनी जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायत १९ जनाले बस्नेतविरुद्ध उजुरी दिएका थिए ।बस्नेतलाई प्रहरीले काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको एसपी उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १५:३३