२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नुवाकोटकी कल्पना नेपाली बागमतीको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त, हिरानाथ हेरेको हेर्यै

९ पुस, नुवाकोट । नेपाली कांग्रेसकी नेतृ कल्पना नेपाली बागमती प्रदेशको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी छिन । शुक्रबार कांग्रेसको कोटामा ६ जना मन्त्री थपिदाँ नुवाकोटकी कल्पना पनि थपिएकी हुन । उनी कांग्रेस महामन्त्रीमा पराजित डा प्रकाशशरण महत निकट मानिन्छिन ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार चौथो किस्ताको मन्त्रिपरिषद् विस्तार गरेर १८ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन । पाण्डेले शुक्रबार कांग्रेसबाट ६ जना मन्त्री थपेका हुन ।

नेपाली कांग्रेसबाट शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छेलाई नियुक्त गरिएको छ ।

नेकपा माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाको मन्त्री हुने रहर भने अपुरै भएका छन । नुवाकोटका नेताहरू भटाभट मन्त्री हुँदा पनि उनी पर्न सकेका छैनन् । मन्त्रीमा पर्नका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा विवादित भाषण गर्दै हिँडेका खतिवडाले पछिल्लो विस्तारमा पर्नका लागि ठूलै प्रयास गरेका थिए तर उनी हेरेको हेर्यै भएका छन ।

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त कल्पना नेपाली र मन्त्री हुन रहर गरेर पनि हुन नसकेका हिरानाथ खतिवडा ।

प्रकाशित मिति : December 24, 2021 at 5:44 pm