एक झ्याल एक मन्त्रालय बनेको बागमतीमा फेरि ६ मन्त्री थपिए, मन्त्रिपरिषद्को संख्या १८ पुग्यो
९ पुस, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार चौथो किस्ताको मन्त्रिपरिषद् विस्तार गरेर १८ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन । शुक्रबार कांग्रेसबाट ६ जना मन्त्री थपिएका छन । नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका सांसदहरू यसअघि नै मन्त्रिपरिषद्मा सहभागी भएका छन ।
नेपाली कांग्रेसबाट शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छेलाई नियुक्त गरिएको छ ।

यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् एक झ्याल एक मन्त्रालय बनाएको भनेर मुख्यमन्त्री पाण्डेको चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति : December 24, 2021 at 5:14 pm









