१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रवेश सिंह महाकालीमा बगेर बेपत्ता

१६ साउन, डडेल्धुरा । महाकाली नदीले बगाएर डडेल्धुरामा प्रवेश सिंह बगेर बेपत्ता भएका छन् । जिल्लाको परशुराम नगरपालिका–५, परिगाँउका ११ वर्षीय सिंह मंगलबार साँझ महाकालीमा बगेर बेपत्ता भएका हुन् । बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको प्रहरीले जनाएको छ । प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १०:२३