२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा आज माओवादीकाे स्थायी कमिटी बैठक

९ पुस, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान बस्ने भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

प्रकाशित मिति : December 24, 2021 at 8:42 am