१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

युएई सरकारले दिएको तीन महिने आम माफीको सदुपयोग गर्न नेपाली दूतावासको आग्रह

१६ साउन, काठमाडौँ । अबैध विदेशी कामदारका लागि युएई सरकारले अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । बिनाभिसा लुकीछिपी युएईमा रहेका विदेशी नागरिकले युएई सरकारको यो निर्णयबाट लाभ लिन सक्नेछन ।

युएईमा रहेको नेपाली दूतावासले आममाफीको सक्दो उपयोग गर्न त्यहाँ रहेका नेपाली समूदायलाई आग्रह गरेको छ । यो तीन महिनाको समयमा नेपाली कामदारले पनि बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।

नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।

दूतावासको अाग्रह हेर्नुहोस्

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ०८:४२