१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भक्तपुरमा बाबुले गरे १७ वर्षीय छोराकाे हत्या

१६ साउन, काठमाडौं । भक्तपुरमा बाबुले घरायसी विवाद हुँदा आफूसँगै सुतेका १७ वर्षीय छोराको  हत्या गरेका छन् । मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले अाफूसँगै सुतेकाे  छोरा सागरको दाउले घाँटीमा प्रहार गरेर हत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरकाे सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले हत्याको विषयमा जानकारी दिए  ।छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ०८:३२