वास्तवमा सत्ता पक्षले नै संसद अवरोध गरिरहेका छनः नेता तामाङ
६ पुस, काठमाडाैँ । नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाएका छन् । एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाई छ । एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उनले बताए ।
उनले भने –‘हामीले पहिलो दिन देखि नै संसद चलाउने यदी हो भने सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता हुनु जरुरी छ । एजेण्डाहरु थुप्रै छन्, ति एजेण्डाहरुमा सहमतीको आधारमा जान सकिन्छ हामीले भनेकै छौँ तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मुडमा छैन । पेलेरै जानेखालको मुडमा देखिन्छ । त्यसैले हामीले पनि संसदको अवरोध कायमै राख्छौँ । संसद रुपमा प्रतिपक्ष दलले अवरोध गरेको देखिन्छ । सारमा संसदको अवरोध सत्ता पक्षले गरिरहेको छ ।

सिंगल सिंगल रोष्टममा उभिएर हाम्रा कुरा राख्दा नसुनेपछी सामुहिक रुपमा हामीले नाराको माध्यमद्वारा हाम्रा कुरा राखेको हो । हामीले सत्तापक्षसँग प्रतिपक्षको वार्ता चाहेका हौँ । छलफल चाहेका हौँ । राष्ट्रिय इस्यूहरुमा त्यहाँ छलफल गरेर, निष्कर्ष निकालेर अगाडी जान सक्छौँ हाम्रो कुरा यही हो ।’
प्रकाशित मिति : December 21, 2021 at 4:54 pm









