२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

संसदमा आज पनि एमालेकाे नाराबाजी

६ पुस, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घाेषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् ।

प्रकाशित मिति : December 21, 2021 at 1:43 pm