१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

झापामा श्रीमानले बन्चरो प्रहारगरी श्रीमतीकाे हत्या गरे

१५ साउन,झापा । झापाकाे मेची नगरपालिका-११ धाइजनस्थित मेचे टोल बस्ने २० वर्षीया मनिता मेचेको बन्चरो प्रहारबाट मंगलबार मृत्यु भएको छ ।घरायसी विवादको कारण आफ्‍नै श्रीमान २८ वर्षीय राजिव मेचेले टाउकोमा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । फरार राजिवको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार २१:३१