१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख प्रा कृष्ण अाचार्यले जन्मदिनमा २३ छात्रालार्इ दिए छात्रवृत्ति

१५ साउन, काठमाडाैँ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख प्राध्यापक कृष्णप्रसाद अाचार्यले जन्मदिनको उपलक्ष्यमा अाफ्नो तलबबाट २३ जना छात्राहरूलार्इ छात्रवृत्ति प्रदान गरेका छन ।

मंगलबार जन्मदिन मनाएका प्राध्यापक अाचार्यले प्रदेश ७ बाट  त्रिविमा अध्ययनका लागि अाएका २३ छात्रालार्इ जनही ४२२० रूपैयाँ दरले छात्रवृत्ति दिएको अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले दैनिकीलार्इ जानकारी दिए ।

प्राध्यापक अाचार्यले एक लाख बराबरकाे काेष स्थापनाको घोषणा पनि गरेका छन । प्राध्यापक अाचार्यले अाफ्नो तलबबाट  १५% रकम कट्टा गरि कोषमा जम्मा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार २०:५६