२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमसीसीबारे छलफल गर्ने सरकारले किसानले मल नपाउँदा किन छलफल गर्दैनः डा लोहनी

५ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एमसीसीको ऋणको प्रस्तावमा छलफल गर्ने नेताहरूले किसानले रसायनिक मल नपाउँदा किन छलफल नगरेको भन्दै प्रश्न गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री समेत रहेका डा लोहनीले एससीसीभित्रको ऋण प्रस्तावमा छलफल चलाउने सरकारले किसानले मल नपाउँदा र कर्णालीका जनताले खाद्यान्ह नपाउँदा किन छलफल गरेको भन्दै प्रश्न गरेका छन ।

डा लोहनीले भनेका छन, ‘एम सि सि अन्तर्गत रिण को प्रस्ताब मा सर्बदलिय समिति को बैठक बस्यो र ठुलो छलफल भयो तर लाखौ किसन ले मल पाएका छैनन् र आफ्नो जिबन बारे चिन्तित छन्।अर्कोतिर कर्णालि का जनता खाद्यन्न अभाव ले ग्रसित छन् जनता को नाम मा राज गर्ने कुनै पनि ठुला दल किन यसबारे एक सब्द बोल्दैनन। के यहि हो जनबाद या समाजबादी को सासन को मान्यता ?“

प्रकाशित मिति : December 20, 2021 at 7:24 pm