मेरो जीवनमा धेरै कुरा लुटियो, अब सडकमा छु लुटिने र गुम्ने केही छैनः डा चन्द्र भण्डारी
५ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले जीवनमा धेरै कुरा लुटिइसकेका कारण अब लुटिन बाँकी नै केही नरहेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा भावुक हुँदै डा भण्डारीले लेखेका छन, ‘मेरो जीवनमा धेरै कुरा गुमेका छन र लुटिएका पनि । तर मेरो एउटा स्थायी ठाँउ छ “सडक”!!! अब मेरो गुम्ने केही छैन । त्यो सडक यति मजबुत छ जसले शिर झुक्न दिदैन ।’

उनले अब आफू सडकमा रहेका कारण शिर झुक्ने कुनै डर पनि नभएको बताएका छन । भण्डारी उपसभापतिमा पराजित भएपछि अलि भावुक देखिएका छन । डा शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका उनी दुई जना निर्वाचित हुने उपसभापतिमा चौँथो बनेका थिए ।

प्रकाशित मिति : December 20, 2021 at 10:54 am









