२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

 कामु प्रधानन्यायाधीश जोशी एसएलसी फेल भएको खुलासा, समितिमा बुझाएको प्रमाणपत्र नक्कली


१५ साउन, काठमाडाैँ । कामु प्रधानन्यायाधीश दीपकराज जोशी एसएससी नै फेल भएको खुलासा भएको छ । कान्तिपुरका संवाददता कृष्ण ज्ञवालीले कामु प्रधानन्यायाधीश जोशीले व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा पेश गरेको भनिएको प्रमाणपत्र समेत ‘फर्जी’ भएको पुष्टि गरेका छन । ज्ञावालीले कान्तिपुरमा लेखेकाे समाचार अनुसार समितिमा जोशीले बुझाएको कागजातमा उल्लेखित विवरणहरु उनको शैक्षिक अभिलेख रहनु पर्ने निकायमा नभएको पाइएको छ ।

जोशीले गत बिहीबार संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णलाई आफ्नो प्रमाणपत्रका बारेमा अफवाह फैलिएको भन्दै प्रमाणपत्रको फोटोकपी बुझाएका थिए । समितिको सचिवालयमा बुझाएको भनिएको नेपाल ल क्याम्पसको ‘प्रोग्रेस रिपोर्ट’ ‘झुटो’ प्रमाणित भएको छ।

कान्तिपुरका अनुसार जोशीको ‘प्रोग्रेस रिपोर्ट’ अनुसार उनले २०२९ सालमा विजय मेमोरियल स्कुलबाट १० कक्षा उत्तीर्ण गरेका थिए। उनको सिम्बोल नम्बर ३९९६ भनी उल्लेख छ। परीक्षा नियन्त्रण कार्यालय दिएको विवरण अनुसार, २०२९ सालमा विजय मेमोरियल स्कुलबाट टेष्ट तथा एसएलसी दिने विद्यार्थीको सूचीमा दीपकराज जोशीको नाम नै छैन।

त्यतिबेला विजय मेमोरियल स्कुलबाट परीक्षा दिने विद्यार्थीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० छ। ३९९६ नम्बर उल्लेखित सिम्बोल नम्बरमा हिमबहादुर लेकालीको नाम छ। उनी नारायण विद्यामन्दिरबाट परीक्षामा सहभागी भए पनि उत्तीर्ण हुन नसकेको देखिन्छ।

विजय मेमोरियल स्कुलको अभिलेखमा उनले २०२७ सालमा टेष्ट र एसएलसी दिएको भेटिएको छ। उनको सिम्बोल नम्बर ९२५८ ‘बी’ हो। अरु विषयमा पास भएपनि उनी अंग्रेजी र इलमेन्ट्री नेपालीमा फेल भएको देखिन्छ। भने त्यसपछिका दुई वर्ष उनले विजय मेमोरियल स्कुलमा कुनै परीक्षा दिएको नभेटिएको कान्तिपुरले लेखेकोछ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १८:४४