१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवामा कन्टेरन दुर्घटना, तीनकाे मृत्यु, एक घाइते

-झरना नेपाली

१५ साउन, रसुवा ।रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित याङयाङ खोलामा कन्टेनर दुर्घटना भएको छ ।
कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।
धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेर दुर्घटना हुँदा ३ जनाका ज्यान गएको रसुवा प्रहरीले जनाएको छ ।


एक जनाको अबस्था गम्भीर रहेको रसुवा प्रहरीले जनाएको छ ।
मृत्यु भएका ३ जनाको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । अहिले घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा मेडिकल टोली खटाइएको प्रजिअ कृष्ण पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १६:०५