३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

यो व्यक्ति र गुटको विजय हाेइन, सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छुः विश्वप्रकाश

१ पुष, काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्ने बताएका छन् । पत्रकारहरूलाई प्रतिक्रिया दिँदै शर्माले यो विजय व्यक्ति र गुटको नभएको बताएका छन् ।

‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार समूहको मत पाएको छु,’ उनले भने, ‘सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु ।’

कांग्रेस संस्थापक बीपी कोइरालाले आफ्नो राजनीतिक यात्राका क्रममा लामो समय सुन्दरीजलमा जेलजीवन व्यतित गरेका थिए । कांग्रेस महामन्त्रीमा पहिलो नम्बरमा गगन थापा र दोस्रोमा विश्वप्रकाश शर्माको जीत सुनिश्चित भएको छ ।

प्रकाशित मिति : December 16, 2021 at 3:42 pm