१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गगनको जीत पक्का भएपछि कार्यकर्ताकाे नाराः ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री’

१ पुष, काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको जित पक्का भएपछि उनका कार्यकर्ताहरूले खुशीयाली मनाएका छन् ।

कार्यकर्ताहरूले सानेपामा ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री’, ‘गगन दाइ, हाइ हाइ’ भन्दै नाराबाजी गरेका छन् । ३८९० मत गनिसक्दासम्म गगनले २५१२ मत ल्याएका छन् । त्यस्तै विश्वप्रकाश शर्मा १५९७ ल्याएका छन् ।

प्रकाशित मिति : December 16, 2021 at 2:49 pm