९०० मत गन्दा गगन थापालाई ५५९ मत, विश्वप्रकाशले पाए ३५७ भोट
१ पुस, काठमाडौँ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याएका छन् भने विश्वप्रकाश ३५७ मत ल्याएर दोस्रो स्थानमा छन् ।

उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ३०० मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत ल्याएका छन् ।
प्रकाशित मिति : December 16, 2021 at 12:51 pm









