१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बढुवा भएका अधिकृतलाई पूर्ण व्यावसायिक भएर काम गर्न महानिरीक्षक खनालको निर्देशन

१ पुस, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका अधिकृतहरूलाई पूर्ण व्यावसायिक भएर काम गर्न निर्देशन दिएका छन ।

बुधबार सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर हुनुभएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा दज्र्यानी चिन्ह प्रदान गर्दै महानिरीक्षक खनालले यस्तो निर्देशन दिएका हुन ।

महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले राज्य र संगठनलाई पु¥याएको योगदानकोसाथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे । उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बिशेष बढुवा भएका १ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

नेपाल सरकार गृहमन्त्रालय माननीय गृहमन्त्रिस्तरको यही मंसीर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर हुनुभएको हो भने नेपाल सरकार गृहसचिवस्तरको यही मंसीर १९ गतेको निर्णयले १ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ०९:१९