२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मंसिरमा सुरू भएको कांग्रेसको मतगणना पुसमा सकिने, आज महामन्त्रीको गणना हुँदै

१ पुस काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मंसिर महिनामा सुरू भएको मतगणना पुस महिनामा सकिने भएको छ । मंसिर महिनामा सभापति र उपसभापतिको मतपरिणाम सार्वजनिक गरेको कांग्रेसले पुस लाग्नेबित्तिकै महामन्त्रीको मतगणना सुरू गर्दैछ ।

महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ ।

महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : December 16, 2021 at 8:18 am