२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेस उपसभापति ३७५८ को मत अपडेटः गच्छदारले धनराजसँगको मतान्तर बढाए

२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारी अन्तरगत अहिले पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भइरहेको छ ।  जारी मतगणनामा सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् ।

उनले १६८८ मत प्राप्त गरेका छन । त्यस्तै विजय गच्छदारले १५३१ मत प्राप्त गरेका छन् । धनराज गुरुङले १५११ मत प्राप्त गरेका छन भने चन्द्र भण्डारीले १३१७ मत प्राप्त गरेका छन । ३७५८ मत गणना गरेर सकिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : December 15, 2021 at 11:28 pm