२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता

२९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ । १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।


१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदार :४८५
पूर्णबहादुर खड्का :४९०
डा.चन्द्र भण्डारी :३५०
धनराज गुरुङ :५०२

प्रकाशित मिति : December 15, 2021 at 8:52 pm