शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको रामचन्द्र पाैडेलको खुलासा
२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गरेका छन । बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पाैडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गरेका छन ।
यस्तो छ पाैडेलको अपिल
६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।

संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ ।
राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिककाे ध्यानाकर्षण गर्दछु । देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र हाे यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।
रामचन्द्र पाैडेल
२८ मंसिर २०७८

प्रकाशित मिति : December 15, 2021 at 9:02 am









