देउवाले मलाई प्रधानमन्त्री दिन्छु भनेपछि मैले मत दिने सहमति गरेँः नेता सिंह
२८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापतिमा पहिलो चरणको निर्वाचनबाट दोस्रो चरणमा प्रतिस्पर्धा गर्ननै अयोग्य भएका नेता प्रकाशमान सिंहले आफूले प्रधानमन्त्री हुन पाउने आश्वासन पाएपछि शेरबहादुर देउवालाई मतदान गर्ने निर्णय लिएको बताएका छन ।
आफू निकटका हरूसँग देउवालाई मत दिनुपर्ने कारणबारे जानकारी दिँदै उनले आफूले तत्कालै सरकारमा सहभागिताको अवसर पाउने, विधान संशोधन गरेर सुजातालाई उपसभापति बनाउने र अन्य धेरै अवसरहरू बाँडफाँड गर्ने र आगामी निर्वाचनपछि देउवाले नै प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने आश्वासन दिएको बताएको सहभागी एक नेताले दैनिकीसँग जानकारी दिए ।
![]()
सिंहले अवसरका बारेमा चिन्ता नलिन अनुरोध गर्दै त्यसको जिम्मा आफूले लिने र अहिले ढुक्कले देउवालाई मतदान गर्न अनुरोध गरेका छन । मंगलबार बिहान गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडले सिंह निवासमा उपप्रधानसहित गृहमन्त्रीकै प्रस्तवा लिएर पुगेका थिए ।
सिंहले लिखित र देउवाको प्रत्यक्ष सहमति चाहिने बताएपछि देउवा नै पुगेर सहमति गरेका थिए । पहिलो चरणमा सभापतिमा निर्वाचित हुन देउवालाई ८२ मत नपुगेपछि उनले सभापतिका अन्य उम्मेदवार सिंह र विमलेन्द्र निधीको घरमै पुगेर विभिन्न आश्वास बाँडेर मत लिने निर्णय गरेका थिए ।
प्रकाशित मिति : December 14, 2021 at 6:30 pm









