२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई ओलीको चेतावनी

२८ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई चेतावनी दिएका छन । मंगलबार नयाँबानेश्वरमा भएको एमालेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन । त्यसअघि सभामुख अग्नि सापकोटाले निरन्तर बिरोधमा देखिए एमालेका सांसदमाथि कारबाही गर्ने चेतावनी दिएका थिए ।

ओलीले संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनी समेत दिए । उनले भने, ‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन ।’

आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने एमालेले जनाएको छ । आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने एमालेले जनाएको छ ।

प्रकाशित मिति : December 14, 2021 at 1:56 pm