२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

देउवाका तर्फबाट प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीको अफर

२८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको २४औँ महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।

सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् ।

सिंह पनि सभापतिको दौडमा थिए । तर, उनी पहिलो चरणबाट बाहिरिएका छन् । खाँडले सभापतिमा देउवालाइ सहयोग गरे उपप्रधानसहित गृहमन्त्री बनाउने आश्वासन दिएका छन । स्रोतका अनुसार सिंहले उपप्रधानमन्त्रीको लिखित प्रतिवद्धता आएमात्र आफूले सहयोग गर्न सक्ने बताएका छन ।

प्रकाशित मिति : December 14, 2021 at 11:01 am