चार किलोग्राम चरेशसहित एक पक्राउ
१४ साउन,काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चार किलोग्राम चरेशसहित आज एक जनालाई पक्राउ गरेको छ । बुटवलबाट काठमाडौँ आउँदै गरेको लु१ख नंको यात्रुवाहक बस जाँचका क्रममा झोलामा लुकाएर ल्याएको उक्त परिमाणको लागुऔषधसहित रोल्पा घर भएका ३६ वर्षीय सोमबहादुर मगरलाई पक्राउ गरेको प्रभागका प्रमुख केशवराज भट्टले जानकारी दिनुभयो ।
पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको पनि प्रभागले जनाएको छ ।
प्रकाशित मिति : July 30, 2018 at 7:46 pm









