२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी केन्द्रको लुम्बिनी प्रदेशको सम्मेलन सकिँदा पनि नेतृत्व टुंगो लाग्न सकेन

२८ मंसिर, वुटवल । नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशकाे सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेकाे छैन । २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो ।तर, बाँकी पदाधिकारीकाे विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेकाे छैन ।

तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । ती ११ जना भने मनोनित गर्ने व्यवस्था छ ।

लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गरेका हुन् । बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुन् ।

यसअघि दावी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदमा पनि सहमति जुट्न सकेकाे छैन ।

प्रकाशित मिति : December 14, 2021 at 8:10 am