२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सुदुरपश्चिमबाट डा भीमबहादुर रावलको उद्घोष, आगामी निर्वाचनमा देशैभर एमालेले जित्छ

२७ मंसिर, अछाम । नेकपा (एमाले) का नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने बताएका छन्। आइतवार गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले भने, ‘अब हामीले पार्टीसंगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’ यस्तै अर्को सन्दर्भमा बोल्दै नेता रावलले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउदै आएको र त्यो आवाज निरन्तर रहने बताए।

महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दावी गरे। यस्तै उनले आफूले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाँका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए। तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए। रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गरे।

प्रकाशित मिति : December 13, 2021 at 3:00 pm