२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले कार्यविभाजनप्रति रावलको प्रतिक्रियाः ओली गुटबन्दीले छलांग मार्यो

२७ मंसिर, काठमाडाैँ । नेकपा एमालेको कार्यविभाजनप्रति अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता डा भीमबहादुर रावलले असन्तुष्टि जनाएका छन । बाहिरबाट थाहा पाएको जिम्मेवारीप्रति उनले कटाक्ष गर्दै ओली गुटबन्दीले छलांग मारेको बताएका छन ।

गृह जिल्ला अछाममा रहेका रावलले ट्वीट मार्फत भनेका छन, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

प्रकाशित मिति : December 13, 2021 at 8:43 am