माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा, सचिवमा बस्नेत
२७ मंसिर, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् । आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेकाे छ । सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए ।

निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएकाे हाे ।आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएकाे छ ।
प्रकाशित मिति : December 13, 2021 at 8:30 am









