एमालेमा कार्यविभाजन भएकै दिन महेश बस्नेतले सम्झाए ‘बा र छोरा’को कथा
२६ मंसिर, काठमाडौँ । नेकपा एमालेमा कार्यविभाजन भएकै दिन प्रभावशाली युवा नेता एवं पोलिटब्यूरो सदस्य महेश बस्नेतले बा र छोराको कथा फेसबुक मार्फत सम्झाएका छन । बस्नेतको यो एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कार्यविभाजन प्रतिको असन्तुष्टिको रूपमा धेरै बुझिरहेका छन । यद्यपी यो केका लागि हो भनेर बस्नेतले भने केही खोलेका छैनन् । यस्तो छ
एकजना प्रतिष्ठित ब्यक्तिका ३ छोराहरुमा जेठा र कान्छा,अग्ला र गोह्रा रहेछ्न् भने माइला होचा र कालो रहेछन् । जेठा र कान्छा छोराहरु भने बाआमा र घरको माया गर्ने भन्दा पनि माया गरेको नाटक गर्दा रहेछन् । माइलो छोरो दिनरात नभनी झरी बादल नभनी बाआमा र घर परिवारको सेवा गर्दो रहेछ। तर बाले माइलो छोरालाई खास माया गर्दा रहेनछन्। उनको मनमा यी २ भन्दा रुप रंङ्गमा यो फरक छ । यो मेरो छोरा होइनकी भन्ने आशंका रहेछ । उनको मनमा त्यो बिचारले डेरा जमाएका कारण माइला छोरालाई काममा चाहीँ जोत्ने तर खास वास्ता र माया नगर्ने रहेछन्।

एकदिन आमा सारै नै बिरामी भइछन्। डक्टरले अब आमाको धेरै दिन छैन, अन्तिम इच्छा पूरा गरीदिनु भनेर छोराहरुलाई भनेछन् । छोराहरूले आमालाई तपाईंको केही इच्छा छ कि? भनेर सोधेछन्। आमाले “तिमीहरुको बासंग एउटा जिज्ञासा छ” भनिछन्। छोराहरुले आमा र बालाई संगै राखेर छुट्टै कुरा गराएछन्।
आमाले सोधिछन मेरो मनमा एउटा जिज्ञासा छ तपाईंसंग ! भन्दै आफ्नो जिज्ञासा राखिछ्न् “तपाईंले तीन छोरा मध्ये माइलालाई किन खास वास्ता गर्न हुन्न”? बाले भनेछन् “मलाई खास उ प्रति शंका छ”। “उ अरुभन्दा होचो र कालो छ” आमाले भनिछन् “उ चाहीँ खास तपाइँको छोरा हो”। बाले सोधेछन् अनि अरु ! आमाले जबाफ दिइछन् “आमा सत्य हो बा विश्वास हो” अरु पनि तपाईंको छोरा हुन। त्यस दिन देखि बाले ३ जना छोरालाई बराबर माया गर्न थालेछन् । माइलोलाई अझ बढी …
प्रकाशित मिति : December 12, 2021 at 9:26 pm









