२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा

२६ मंसिर, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्नेछ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।

त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।

प्रकाशित मिति : December 12, 2021 at 9:00 am