जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने एमालेको निर्णय
२५ मंसिर, काठमाडाैँ । नेकपा एमालेले हिमाली जिल्ला बाहेकका जिल्लाका अधिवेशन पुष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । अध्यक्ष ओलीले सबै जिल्ला र प्रदेशलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : December 11, 2021 at 6:21 pm









