तस्बीरमा हेर्नुहोस्, नेकपा एमालेको पहिलो पदाधिकारी बैठक
२५ मंसिर, काठमाडौँ । नेकपा एमालेको पदाधिकारीको पहिलो बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकको एजेण्डा अनुमोदन गर्न पादधिकारीको बैठक बसेको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलो गरेर सुरू भएको थियो । आजैदेखि भक्तपुरको जर्मन हाउस हस्पिटालिटीमा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकले नेताहरूको कार्यविभाजन गर्ने र स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने तयारी छ ।

प्रकाशित मिति : December 11, 2021 at 1:01 pm









