सिन्धुपाल्चोकमा एक भएन एमाले, पहिलाका माधव नेपाल खेमाका जति भीम रावलतिर !
२३ मंसिर, सिन्धुपाल्चोक । १० औं महाधिवेशनपछि एमाले एकतावद्ध भएको भनिए पनि सिन्धुपाल्चोकमा भने फरक दृश्य देखिएको छ । यहाँ पार्टी विभाजनपूर्व माधव नेपालको पक्षमा लागेर एमालेमै रहेकाहरुको बेग्लै समूह छ, जसले महाधिवेशनमा प्रत्यक्ष–अप्रत्यक्ष अध्यक्षका उम्मेदवार भीम रावललाई सघाएका थिए ।
सिन्धुपाल्चोकमा बागमती प्रदेश कमिटीका सदस्यहरु सुभाष कर्मचार्य, केदार क्षेत्री र टाँसी लामा महाधिवेशनको बन्दसत्रमा पनि सहमतिभन्दा चुनावकै पक्षमा लागेका थिए ।

त्यस्तै नुवाकोटका जिल्ला अध्यक्ष नारायण खतिवडा पनि सिन्धुपाल्चोककै समूहसँग मिलेर पार्टीमा फरक समूह बनाउन लागिरेको पाइएको छ । खतिवडा, कर्माचार्य र क्षेत्री केन्द्रीय सदस्य हुन चाहन्थे । कर्माचार्य र खतिवडा अहिले पनि मनोनित सदस्यको सूचीमा पर्न दौडधुप गरिरहेका छन् ।
पूर्व माधव नेपाल खेमाले अझै पनि पार्टी गुटबन्दी कायम राखेको कतिपय नेताहरुको भनाइ छ । सुरुमा सहमतिको सूचीमा केन्द्रीय सदस्यमा परेका कर्माचार्यले खुलेयाम गुटबन्दी गरेको थाहा पाएपछि नाम काटिएको एमाले स्रोतले जनाएको छ ।कर्माचार्य विगतदेखि नै सिन्धुपाल्चोकमा ओलीविरोधी नेताका रुपमा चिनिन्छन् ।
प्रकाशित मिति : December 9, 2021 at 10:26 pm









