एमालेको नारा नक्कल गर्दै गगन थापाले ल्याए ‘समुन्नत नेपाल र सम्मानित नेपाली’को नारा
२३ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले नेकपा एमालेको नारा नक्कल गरेका छन । बिहीबार महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले नेकपा एमालेले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नाराको नक्कलकाे रूपमा ‘समुन्नत नेपाल र सम्मानित नेपाली’को नारा अघि सारे ।
महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेसको नीति बनाउने र प्रस्ताव गर्ने जिम्मेवारी पार्टी महामन्त्रीको हुने भन्दै भोलिका दिनमा हरेक कुरामा कांग्रेस कार्यकर्तालाइ नीतिबिहीन हुन नदिने बताए ।

थापाले एमालेको नाराको नक्कल गरेपछि युवा संघका पूर्व उपाध्यक्ष एवं नेपाल खेलकुद महासंघका उपाध्यक्ष प्रभात बिक्रम कटवालले थापाले नारा कपी गरेकोमा खुशी लागेको बताए ।
उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भनेका छन, ‘नेपाली काग्रेसका युवा नेता गगन थापाले महामन्त्री उम्मेद्बारी घोषणा गर्दा नेकपा एमालेको “सुखी नेपाली, समृद्ध नेपाल” को नारा लाई नक्कल गर्दै समुन्नत नेपाल र सम्मानित नेपाली को नारा लिनु भएछ। खुसी लाग्यो नेकपा एमालेको नारालाइ नक्कल गरेकोमा ।’

प्रकाशित मिति : December 9, 2021 at 5:38 pm









