२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

देउवा समूहले तयार पार्यो प्यानल, विजय गच्छदार र कृष्ण सिटाैला परेनन्

२२ मंसिर, काठमाडाैँ । आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ ।

आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ ।

बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जुन यस्तो छ –

सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : डा‍.प्रकाशशरण महत
महामन्त्री : बालकृष्ण खाँण
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : गोविन्द भट्टराई
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय
सहमहामन्त्री : फरमुल्लाह मन्सुर
सहमहामन्त्री : रामजनम चौधरी
सहमहामन्त्री : जीतेन्द्र देव
सहमहामन्त्री : जीवनबहादुर शाही

यसमा देउवालाइ सहयोग गरिरहेका वर्तमान उपसभापति विजयकुमार गच्छदार र कृष्ण सिटाैलाको नाम भने परेको छैन । गच्छदारमाथि भ्रष्टाचार मुद्दा भएका कारण उनको पक्षबाट रामजनम चाैधरी र जीतेन्द्र देव सहमहामन्त्रीमा परेको कांग्रेस स्रोतले जनाएको छ ।

प्रकाशित मिति : December 8, 2021 at 1:59 pm