१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

टानका पूर्व अध्यक्ष एंव कांग्रेस धादिङका पूर्व अध्यक्ष रमेश धमला जुवा खालबाट पक्राउ

२२ मंसिर, काठमडाैँ । टानका पूर्व अध्यक्ष एंव नेपाली कांग्रेस धादिङका नेता रमेश धमला पक्राउ परेका छन् ।केहीबेरअघि धमला जुवाखालबाट नगदसहित पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूका अनुसार उनीहरू वृत्तकै टोलीबाट समातिएका हुन ।

स्वयम्भूकाे जुवा खालबाट धमलासहित १० जना पक्राउ गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुकाे साथबाट नगद पनि बरामद गरेकाे छ । प्रहरीले कांग्रेस नेताहरूको दबाबमा धमालासहितलाइ राति नै छाडेको थियो । 

प्रहरीबाट मुक्त भएपछि महानगरी प्रहरीवृत्त स्वयम्भूबाट निस्कने बित्तिकै धमला निकटका एक व्यक्ति राजेन्द्रप्रसाद सुवेदीले प्रक्राउ परेको छैन भन्दै भ्रम बाँड्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका छन । यद्यपी भिडियो बनाउने बेलामा प्रहरी बृतकै बाहिर बसेर उनीहरूले बनाएका छन ।

धमलालाइ प्रहरी कार्यालयबाट छुटाउन कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी उहीँ पुगेका छन । अधिकारीले धमला छुटाइसकेपछि कार्यकर्ताबाट आएको फोनको जवाफमा विश्वास नगरेपछि उनैलाइ कुरा गर्न पनि दिएका छन । यद्यपी उनीहरूले पक्राउ परेको हैन् भनेर देखाउन प्रहरी कार्यालयबाट बाहिरिएपछि भिडियो बनाएका छन ।

(मध्यरातमा महानगरीय प्रहरी वृत्त स्वयम्भूकाअघि उनीहरूले तयार पारेको भिडियो तल हेर्न सक्नुहुन्छ । भिडियो स्रोतः राजेन्द्रप्रसाद सुवेदीको फेसबुक)

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ०८:०१