१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सवारी कारवाहीबाट सिन्धुलीमा चार महिनामा एक करोड राजश्व संकलन

२१ मंसिर, सिन्धुली । सवारीसाधन कारवाहीबाट सिन्धुलीमा चार महिनामा एक करोडभन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चार महिनामा एक करोड १४ लाख १३ हजार राजश्व संकलन गरेको हो ।

गत साउन, भदौ, असोज र कार्तिक महिनामा उक्त रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार ट्राफिक निमय विपरित चलाइएका सवारीसाधनलाई कारवाही गर्दा उक्त रकम संकलन भएको हो ।

असोज महिनामा सबैभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । असोज महिनामा ट्राफिक नियम विपरित चलेका तीन हजार दुई सय ५० वटा सवारीसाधनमाथि कारवाही भएको तथ्यांक छ । ती सवारीसाधनबाट ३० लाख २५ हजार राजश्व संकलन भएको छ ।

यस्तै, कार्तिकमा दुई हजार नौ सय ५० वटा सवारीसाधन कारवाहीबाट २९ लाख ३० हजार पाँच सय राजश्व संकलन भएको छ । साउन महिनामा दुई हजार पाँच सय ५० सवारीसाधन कारवाहीबाट २६ लाख ९६ हजार राजश्व संकलन भएको छ भने भदौमा दुई हजार नौ सय ५० सवारीसाधन कारवाहीमा पर्दा २७ लाख ६१ हजार पाँच सय राजश्व संकनल भएको प्रमुख क्षेत्रीले जानकारी दिए । चार महिनाको अवधिमा जम्मा ११ हजार सात सय सवारीसाधन कारवाहीमा परेका छन् । उर्मिला भट्टराई/न्युज कारखाना

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १३:०९